मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकको आन्दोलन घोषणा

1.8K
SHARES
शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकको आन्दोलन घोषणा

काठमाडौं । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालक संगठनहरू आन्दोलनमा उत्रने भएका छन् ।

निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सन र एनप्याब्सनले संयुक्त रूपमा आन्दोलनका चरणबद्ध कार्यक्रम सार्वजनिक गरेका हुन् ।

प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र एनप्याब्सनका अध्यक्ष सुभाष न्यौपानेको संयुक्त हस्ताक्षरयुक्त विज्ञप्तिमा, सबै तहका संगठन इकाइलाई आन्दोलनको पूर्वतयारी सुरु गर्न निर्देशन दिइएको छ ।

कार्यक्रमअनुसार, आज पहिलो दिन देशभरका स्थानीय तहका प्रमुख र शिक्षा शाखामा ज्ञापनपत्र बुझाइँदैछ । शुक्रबार जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति तथा शिक्षा विकास र समन्वय इकाइमा ज्ञापनपत्र बुझाइनेछ ।

आगामी भदौ १ गते प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई, भदौ २ गते भने सम्बन्धित क्षेत्रका सांसदलाई ज्ञापनपत्र बुझाउने योजना छ । सोही दिन राष्ट्रिय परिषद्को भर्चुअल बैठकमार्फत सुझाव संकलन गर्ने निर्णय पनि गरिएको छ ।

यसअघि, भदौ ३ गते पालिका, ४ गते जिल्ला र ५ गते प्रदेशस्तरीय आन्दोलन तयारी बैठक हुनेछन् । भदौ ६ गतेदेखि ७ गतेसम्म भने केन्द्र र प्रदेशस्तरमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिने प्याब्सन–एनप्याब्सनले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २९, बिहीबार ०५:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP