मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभामा रसुवा बाढीबारे संसद्को शोक प्रस्ताव पारित

195
SHARES
प्रतिनिधिसभामा रसुवा बाढीबारे संसद्को शोक प्रस्ताव पारित

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति प्रतिनिधि सभाले गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखले प्रस्तुत गरेको विशेष प्रस्तावमाथि कुनै असहमति नरहेपछि सर्वसम्मत रूपमा पारित गरिएको हो ।

गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका नदी तटीय क्षेत्रमा व्यापक क्षति भएको प्रस्तावमा उल्लेख गरिएको छ । बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी र बेत्रावती तथा नुवाकोटको त्रिशूली बजार, देवीघाटलगायत क्षेत्रमा ठूलो भौतिक तथा मानवीय क्षति पुर्‍याएको संसद्ले जनाएको छ ।

बाढीपछि ठूलो संख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनुका साथै धेरैले ज्यान गुमाएका छन् । प्रतिनिधि सभाले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

त्यस्तै, विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । बाढीका कारण घरबार गुमाएका तथा विस्थापित भएका नागरिकलाई तत्काल सुरक्षित आवासको व्यवस्था गर्न र दीर्घकालीन पुनर्स्थापनाको काम अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।

संसद्ले विपद्बाट प्रभावित नागरिकलाई राहत, पुनर्स्थापना र आवश्यक सहयोग उपलब्ध गराउन सरकारलाई गम्भीरतापूर्वक काम गर्न आग्रह गरेको छ ।

 

 

 



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १७, बुधबार १०:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP