मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अस्ट्रेलियामा नेपाली टोलीको सानदार पुनरागमन, पहिलो जित दर्ता

3.2K
SHARES
अस्ट्रेलियामा नेपाली टोलीको सानदार पुनरागमन, पहिलो जित दर्ता

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० क्रिकेट शृङ्खलामा नेपालले पहिलो जित हात पारेको छ । चौथो खेलमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा विजय यात्रा सुरु गरेको हो ।

काजालिस एरिना पामस्ट्रनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउनुअघि १८० रन बनायो । १८१ रनको लक्ष्य लिएर मैदान उत्रिएको होबार्ट हरिकेन्सको इनिङ १६.१ ओभरमै ११४ रनमा समेटियो ।

जीतमा मुख्य भूमिका निभाउँदा नन्दन यादवले ५ विकेट हात पारे । त्यस्तै, कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल र रिजन ढकालले समान १–१ विकेट लिए । होबार्टका ब्राड्ली होपले ३१ र चार्ली वाकिमले २८ रन जोडे ।

यसअघि नेपालका लागि आरिफ शेखले ३३, आसिफ शेखले २९, कुशल भुर्तेलले २७, लोकेश बमले अविजित २५, भीम सार्कीले १८ र कप्तान रोहितकुमार पौडेलले ९ रन बनाए । होबार्टका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले २–२ विकेट लिए ।

नेपाल यसअघि खेलेका तीनै खेल (नर्दर्न टेरिटोरी स्ट्राइकर, बङ्गलादेश ‘ए’ र मेलबर्न स्टार्स एकेडेमी) मा पराजित भएको थियो । नेपाली टोली अब बुधबार मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३, मंगलवार १०:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP