मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कुनै कारण देखाएर निर्वाचनको मिति सार्ने प्रयास नगर्न प्रचण्डको चेतावनी

2.3K
SHARES
कुनै कारण देखाएर निर्वाचनको मिति सार्ने प्रयास नगर्न प्रचण्डको चेतावनी

काठमान्डु । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनैपनि कारण देखाएर निर्वाचनको मिति सार्ने प्रयास नगर्न कडा चेतावनी दिएका छन् । शनिबार आयोजित पार्टीको एकता सन्देश सभामा सम्बोधन गर्दै उनले निर्वाचन सारिए वा संविधान उल्लङ्घन गरिए आफ्नो पार्टी मौन नबस्ने स्पष्ट पारे ।

प्रचण्डले सरकारले निर्वाचनलाई सहज र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नुपर्नेमा जोड दिँदै, बहाना बनाएर मिति सार्ने दुस्साहस नगर्न आग्रह गरे । उनले संविधान पहिले नै केही हदसम्म मिचिएको उल्लेख गर्दै, देशको असहज अवस्थालाई ध्यानमा राखेर अन्तरिम सरकार गठनमा सहयोग गरिएको स्मरण गराए । तर अब फेरि निर्वाचन धकेल्ने काम भए संविधानमाथि थप आघात हुने र त्यसविरुद्ध कडा प्रतिकार हुने उनले चेतावनी दिए ।

उनले त्याग, निष्ठा र संघर्षको इतिहास नभएकाहरूले अहंकार र दम्भका साथ प्रतिशोधपूर्ण भाषा प्रयोग गरिरहेको आरोप लगाउँदै, यस्तो प्रवृत्तिबाट सचेत रहन खबरदारी गरे । आफ्नो पार्टीको प्राथमिकता शान्तिपूर्ण निर्वाचन भएको पनि उनले बताए ।

प्रचण्डले जनयुद्ध र जनआन्दोलनको शक्तिलाई एकीकृत गर्दै देशलाई संकटबाट जोगाउने उद्देश्यले पार्टी अघि बढेको दाबी गरे । धनगढी, लम्ही, पोखरा, विराटनगर, जनकपुर, मधेस, सुर्खेत हुँदै काठमान्डुसम्म देखिएको जनसहभागितालाई हल्का रूपमा नलिन उनले सरकारलाई चेतावनी दिए । संविधानसँग फेरि खेलबाड गरिए यो शक्ति सडकमा उत्रिने उनको भनाइ थियो ।

निर्वाचनका लागि ६ महिना वा १ वर्ष समय थप्ने हल्लाले देशलाई फेरि दुर्घटनातर्फ धकेल्ने भन्दै, त्यस्तो अवस्थामा नेपाली कम्युनिष्ट पार्टी रमिते नबन्ने प्रचण्डले स्पष्ट पारे । उनले ७७ वटै जिल्ला र सबै पालिकाबाट समाजवादी आन्दोलन र विद्रोहको झण्डा बोकेर सडकमा आउने घोषणा पनि गरे ।

उनले यही शक्तिले दुई सय ५० वर्ष पुरानो राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गरेको स्मरण गराउँदै, जनशक्तिको तागतलाई खेलाँची नगर्न सरकारलाई कडा सन्देश दिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ५, शनिबार १४:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP