मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जसपा नेपालको भूमि विधेयकविरुद्ध देशव्यापी आन्दोलनको घोषणा

3.2K
SHARES
जसपा नेपालको भूमि विधेयकविरुद्ध देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । भूमि सम्बन्धी नयाँ विधेयकको विरोधमा जनता समाजवादी पार्टी (जसपा) नेपालले देशभरि सडक आन्दोलन गर्ने घोषणा गरेको छ । पार्टीका महासचिव लालबाबु राउतले जारी गरेको प्रेस विज्ञप्तिमा भदौ ९ देखि १५ गतेसम्म प्रमुख शहरहरूमा प्रदर्शन गरिने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘भूमि विधेयकप्रति कडा असहमति जनाउँदै यसविरुद्ध व्यापक जनप्रदर्शन गरिने निर्णय भएको छ ।’

जसपाका अनुसार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भदौ ५ मा अघि सारिएको विधेयकले सर्वसाधारणभन्दा भू-माफिया र जग्गा दलालहरूको हित संरक्षण गर्ने खतरा बोकेको छ । साथै, विधेयकले तराई–मधेश क्षेत्रमा मरुभूमिकरणको अवस्था सिर्जना गर्ने चेतावनी पनि पार्टीले दिएको छ ।

जसपाले यसअघि आएको भूमि सम्बन्धी अध्यादेशको प्रावधानलाई जस्ताको तस्तै विधेयकमा राखिएको भन्दै निरन्तर आपत्ति जनाउँदै आएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ७, शनिबार १२:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP