मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमालेले महाधिवेशनको नयाँ लोगो र जिङ्गल सार्वजनिक गर्‍यो

2.3K
SHARES
एमालेले महाधिवेशनको नयाँ लोगो र जिङ्गल सार्वजनिक गर्‍यो

काठमान्डु । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको लोगो आज सार्वजनिक गरिएको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली ले नयाँ लोगो सार्वजनिक गरे ।

पार्टीका सचिव तथा प्रचार समितिका संयोजक पद्मा अर्यालले लोगो पार्टीको इतिहास, आन्दोलन र संकल्पको प्रतीकात्मक र कलात्मक रूप भएको बताए । यस लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँचतले दरबार र पार्टीको निर्वाचन चिन्हलाई बहुभाषिक तरिकाले समेटिएको छ ।

सोही अवसरमा महाधिवेशन केन्द्रित जिङ्गल पनि सार्वजनिक गरिएको छ ।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

एमालेको ११औं राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७ देखि २९ गते काठमान्डुमा आयोजना हुनेछ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १४, आईतवार ०९:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP