मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गैरहाजिर २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

2.4K
SHARES
गैरहाजिर २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमान्डु । कार्यालयमा बिनाकारण अनुपस्थित रहेका २७ प्रहरी कर्मचारीलाई सात दिनभित्र अनिवार्य हाजिर हुन प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ । कार्यालयले नाम, ठेगाना र गैरहाजिर भएको मिति उल्लेख गर्दै प्रहरीले सार्वजनिक सूचना जारी गरेको हो ।

गैरहाजिर हुनेमा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार २ जना, सहायक हवल्दार ३ जना, प्रहरी जवान २० जना, कार्यालय सहयोगी १ जना रहेका छन् ।

सूचनाअनुसार दुई जनाबाहेक सबैजना जेनजी आन्दोलनपछि सम्पर्कविहीन भएको उल्लेख गरिएको छ ।

सूचना जारी भएको बाटोको म्यादबाहेक थप सात दिनभित्र सम्बन्धित कर्मचारीले हाजिर हुनुपर्नेछ । हाजिर हुँदा उनीहरूले गैरहाजिर भएको कारणसहित स्पष्टीकरण दिनुपर्नेछ ।

निर्देशन नमान्नेलाई कानुनअनुसार कारबाही गरिने चेतावनी पनि प्रहरी प्रधान कार्यालयले दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १०, बुधबार ०१:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP