मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा निर्वाचनः आज उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक हुने

1.5K
SHARES
प्रतिनिधिसभा निर्वाचनः आज उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक हुने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको नामावली आज सार्वजनिक गरिने भएको छ । निर्वाचन आयोगका अनुसार दर्ता भएका उम्मेदवारी पत्र तथा तीमाथि परेका उजुरीहरूको जाँचबुझ गरी आवश्यक निर्णयसहित आज साँझ ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

यसअघि माघ ७ गते बुधबार उम्मेदवारको विरोधमा उजुरी दर्ता गर्ने समय तोकिएको थियो । आयोगले सो उजुरीमाथि छानबिन गरेर आज नामावली सार्वजनिक गर्न लागेको हो ।

निर्वाचन तालिकाअनुसार माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने व्यवस्था गरिएको छ । त्यसपछि सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ ।

अन्तिम नामावली सार्वजनिक भएपछि अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ८, बिहीबार ००:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP