मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जातीय झाँकी प्रतियोगिताको तयारी अन्तिम चरणमा

1.2K
SHARES
जातीय झाँकी प्रतियोगिताको तयारी अन्तिम चरणमा

खिजीदेम्बा (ओखलढुंगा) । नेपाल आदिवासी जनजाति महासङ्घ समन्वय परिषद् खिजीदेम्बाको आयोजनामा चैतको अन्त्यमा आयोजना हुने जातीय झाँकी प्रतियोगिता २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ । २८ देखि ३० चैतसम्म खिजीदेम्बा, ओखलढुङ्गामा बहु जाति, भाषा, संस्कार, संस्कृति र विविधतालाई घरेलु मौलिक पहिचानको पहिचानका रूपमा स्थापित गर्ने लक्ष्यका साथ सो कार्यक्रम हुन लागेको हो । समृद्ध खिजीदेम्बा निर्माणका लागि सामूहिक अभियान सञ्चालन अन्तर्गत जातीय झाँकी प्रतियोगिता २०८२ आयोजना हुने भएको हो ।

नेपाल आदिवासी महासङ्घ समन्वय परिषद् खिजीदेम्बाको आयोजनामा हुने सो प्रतियोगितामा कोशी प्रदेशका भौतिक योजना मन्त्री प्रदीपकुमार सुनुवार प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी समूहहरूले पोसाक, हाउभाउ, स्वरताल, शब्द तथा लोप हुँदै गएका संस्कृति झल्किने प्रस्तुति दिनुपर्नेछ । प्रत्येक समूहको प्रस्तुति समय अधिकतम १५ मिनेट तोकिएको छ । निर्धारित समयभन्दा बढी प्रस्तुति मान्य नहुने स्पष्ट गरिएको छ ।

समूह दर्ताको अन्तिम समय चैत २७ गते दिउँसो ४ः०० बजे सम्म तोकिएको छ । सहभागी समूहहरूले आउने–जाने तथा खाना, बस्ने व्यवस्था स्वयं गर्नुपर्नेछ । साथै, सबै समूहहरू आफ्नै ब्यानरसहित झाँकी ¥यालीमा अनिवार्य उपस्थित हुनुपर्ने नियम राखिएको छ । ¥यालीमा झाँकीसहित उपस्थित नभए १० अङ्क कट्टी हुने जनाइएको छ ।

प्रतियोगितामा विभिन्न जातीय समुदायका मौलिक नृत्य प्रस्तुत गरिनेछन् । सुनुवार समुदायले शाँदर शील, शेर्पा समुदायले स्याब्रु, तामाङ समुदायले डम्फु गीत–नृत्य, मगर समुदायले मारुनी, गुरुङ समुदायले कौडा, भुजेल समुदायले उँधौली–उभौली, तथा नेवार समुदायले लाखेरलठ्ठी नाच प्रस्तुत गर्नुपर्नेछ ।

प्रत्येक समूहमा समुदायअनुसार कम्तीमा ६ जना र बढीमा ९ देखि १२ जनासम्म कलाकार रहनुपर्ने व्यवस्था गरिएको छ । समूह दर्तासँगै कलाकारहरूको नाम, परिचय खुल्ने कागजात तथा प्रस्तुत गरिने गीत–नाचको विवरण बुझाउनुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पहिलो हुनेलाई ५१ हजार, दोस्रोलाई २५ हजार र तेस्रोलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । स्थानीय सरकारको नियमअनुसार कर कट्टी गरेर पुरस्कार वितरण गरिने बताइएको छ ।

आयोजकले कम्तीमा पाँच समूहभन्दा कम सहभागिता भए प्रतिस्पर्धा मान्य नहुने उल्लेख गर्दै उत्कृष्ट तीन समूहलाई उचित पुरस्कारको व्यवस्था गरिने जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २२, आईतवार ०७:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP