मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हङकङ ताईपोमा भीषण आगलागी: ४४ को मृत्यु, सयौँ वेपत्ता

2.6K
SHARES
हङकङ ताईपोमा भीषण आगलागी: ४४ को मृत्यु, सयौँ वेपत्ता

काठमान्डु । हङकङको ताईपो क्षेत्रस्थित आवासीय ब्लकहरूमा भएको भीषण आगलागीले ठूलो जनधन क्षति भएको छ । स्थानीय प्रशासनका अनुसार मृतक संख्या ३६ पुगेको छ भने २७९ जना अझै बेपत्ता छन् । साथै २९ जना घाइते उपचाररत छन्, जसमध्ये सात जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

आगलागी भएका भवनहरूमा ठूलो संख्यामा बासिन्दा बस्ने भएकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । हङकङ समय बिहीबार बिहान ३ बजेसम्म प्राप्त विवरणअनुसार करिब ९०० भन्दा बढी स्थानीयलाई सामुदायिक केन्द्रहरूमा सुरक्षित राखिएको छ ।

मर्मतसम्भारकै क्रममा फैलियो आगो
जुलाई २०२४ देखि स्टेटका आठवटा आवासीय ब्लकमा मर्मत कार्य भइरहेको थियो । भवनहरू बाहिर बाँसको स्काफोल्डिङ बनाइएकाले र त्यसलाई हरियो जालीले बेरिएकोले आगो फैलिन सहजिकर भएको बताइएको छ । साथै, भवनको मर्मतमा प्रयोग भएका स्टाइरोफोम पदार्थले आगलागी निकै तीव्र गतिमा फैलिएको अधिकारीहरूको भनाइ छ ।

यद्यपि, आगलागीको वास्तविक कारण पत्ता लगाउन सरकारले विस्तृत अनुसन्धान अघि बढाउने जनाएको छ । सात भवनमध्ये तीनमा ठूलो भौतिक क्षति पुगेको पुष्टि गरिएको छ ।

१० घण्टापछि आगो नियन्त्रणमा
बुधबार दिउँसो २ः५१ बजे सुरु भएको आगो केही मिनेटमै वाङफुक कोर्ट आसपास फैलिएको थियो । सुरुमा ‘नम्बर–१ अलार्म’का रूपमा वर्गीकृत गरिएको आगो क्रमशः दिउँसो ३ः३४ बजे ‘नम्बर–४’ र साँझ ६ः२२ बजे ‘नम्बर–५’ मा उकासियो । हङकङमा आगलागीको स्केल एकदेखि पाँचसम्म रहेकोमा पाँच उच्चतम जोखिम मानिन्छ ।

करिब १० घण्टाको अथक प्रयासपछि बिहीबार बिहान आगो नियन्त्रणमा आएको हो । दमकल, प्रहरी र स्थानीय स्वयंसेवकहरूले रातभर उद्धार र नियन्त्रण कार्य निरन्तर चलाइरहेका थिए ।

उच्च सतर्कता र चुनाव स्थगित
घटनापछि शातिनस्थित प्रिन्स अफ वेल्स अस्पतालमा राति पत्रकार सम्मेलन गर्दै प्रमुख कार्यकारी जोन लीले यो आगलागीलाई “बिहङ्कर विपत्ति”का रूपमा व्याख्या गरे । उनले उद्धार, राहत र बेपत्ता खोजीलाई सरकारको पहिलो प्राथमिकता भएको बताए ।

यसैबीच, डिसेम्बर ७ मा हुन निर्धारित संसद् (लेजिस्लेटिभ काउन्सिल) सम्बन्धी चुनावी गतिविधि अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।

राष्ट्रपति सी जिनपिङको समवेदना
चिनियाँ राष्ट्रपति सी जिनपिङले विज्ञप्ति जारी गर्दै दुर्घटनाबाट प्रभावित परिवारप्रति समवेदना प्रकट गरेका थिए । उनले हताहती तथा क्षति न्यूनिकरणका लागि सबै निकायलाई पूर्ण शक्ति लगाउन आग्रह गरेको राज्य सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ ।

ताईपोमा भएको यो आगलागी पछिल्ला वर्षहरूमा हङकङमा भएको सबैभन्दा ठूलो मानवीय क्षतिको रूपमा दर्ज भइरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ११, बिहीबार ०१:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP