मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विश्वकप लिग–२: नेदरल्याण्ड्समाथि नेपालको रोमाञ्चक जित

2.4K
SHARES
विश्वकप लिग–२: नेदरल्याण्ड्समाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । स्कटल्याण्डको डण्डीमा मंगलबार सम्पन्न आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ को खेलमा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गर्दै सानदार जित निकालेको छ । टस हारेर पहिलो ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २३६ रन बनायो । जवाफी पारीमा १० रनको पेनाल्टीसहित २४७ रनको लक्ष्य पाएको नेदरल्याण्ड्स ४९.२ ओभरमा २२० रनमै समेटियो ।

आरिफ शेखको उत्कृष्ट प्रदर्शन

नेपालको ब्याटिङ पंक्तिमा आरिफ शेख सर्वाधिक प्रभावशाली रहे । उनले ८५ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ८४ रनको शानदार अर्धशतकिय पारी खेले । यो वानडे करिअरको उनको उच्चतम स्कोर हो । भीम सार्कीले ३५ रन, कप्तान रोहित पौडेलले २१ र दीपेन्द्रसिंह ऐरीले १६ रनको योगदान गरे । ओपनर कुशल भुर्तेल (१८) र अनिल साह (२) सस्तै आउट भए । पल भान मेकरेनले दुवै ओपनरलाई पेभेलियन फर्काए ।

नेदरल्याण्ड्सका लागि पल भानले ४ विकेट लिए भने माइकल लेभिटले ३ विकेट हात पारे ।

बलिङमा पनि चम्किए नेपाली खेलाडी

जवाफी पारीमा बल नखेली १० रनबाट पारीको सुरुवात गरेको नेदरल्याण्ड्स नेपाली बलरहरूको आक्रामक प्रदर्शनसामु टिक्न सकेन । नन्दन यादव, सन्दीप लामिछाने, करन केसी र ललित राजवंशीको सामूहिक प्रदर्शनले विपक्षीलाई दवाबमा राख्यो ।

नन्दन यादवले ३ विकेट लिए भने सन्दीप लामिछानेले पनि ३ विकेट लिएर विपक्षीको मध्यक्रम धराशायी बनाए । राजवंशीले २ विकेट झारे भने करन केसीले निर्णायक अन्तिम विकेट लिए ।

नेपाली टोलीमा तीन परिवर्तन

नेपालले यस खेलमा तीन खेलाडी परिवर्तन गरेको थियो । आसिफ शेख, गुल्शन झा र सोमपाल कामीको सट्टा अनिल साह, नन्दन यादव र बसिर अहमद समावेश भएका थिए । नन्दनले आफ्नो ओडीआई डेब्यु गरे भने बसिरले सन् २०२२ पछि पुनरागमन गरेका हुन् ।

यो जीतसँगै नेपालले लिग–२ अन्तर्गतको अन्तिम खेलमा विजय हासिल गर्दै आत्मविश्वाससहित अब स्कटल्याण्डमै टी-२० सिरिजतर्फ ध्यान दिने भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ जेष्ठ २८, बुधबार ०५:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP