मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कुवेतमा विषाक्त मदिरा सेवनले २३ को मृत्यु, ९ नेपाली पनि परे

3.4K
SHARES
कुवेतमा विषाक्त मदिरा सेवनले २३ को मृत्यु, ९ नेपाली पनि परे

काठमाडौं । कुवेतमा अवैध र विषाक्त मदिरा सेवनका कारण २३ जनाको ज्यान गएको छ । करिब १६० जना बिरामी भएका छन् । मृत्यु भएकामध्ये ९ जना नेपाली नागरिक रहेका छन् भने अन्य अधिकांश पनि एसियाली मुलुकका हुन् ।

कुवेती सञ्चारमाध्यमहरूका अनुसार तीमध्ये धेरैजनाले लुकीछिपी बेचबिखन हुने मदिरा सेवन गरेका थिए । कुवेतमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध छ । विषाक्त रसायन मिसाइएको मदिरा सेवनपछि उल्टि, पेट दुख्ने, दृष्टि कमजोर हुने लगायतका लक्षण देखिएसँगै उनीहरू अस्पताल भर्ना गरिएको हो ।

कुवेतको स्वास्थ्य मन्त्रालयले ३१ जनालाई भेन्टिलेटरमा राखिएको र ५१ जनाको आकस्मिक मिर्गौला डायलाइसिस गरिएको जनाएको छ । तीमध्ये २१ जनामा स्थायी दृष्टिदोष देखिएको छ । मन्त्रालयका अनुसार सबै प्रभावितको उपचारमा लागिएको र अवस्थाहरूमा निरन्तर निगरानी गरिएको छ ।

कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यले तीन दिनको अवधिमा ९ नेपालीको मृत्यु भएको पुष्टि गर्दै ३० भन्दा बढी नेपाली कामदार उपचाररत रहेको जानकारी दिए । उनले कुवेत सरकारले प्रारम्भिक विवरण उपलब्ध गराइसकेको र विस्तृत विवरण सङ्कलन भइरहेको बताए ।

“हामी प्रभावित नेपालीहरूको अवस्थाबारे बुझ्ने र आवश्यक तालमेल मिलाउने काममा जुटेका छौँ,” आचार्यले भने । सबै प्रक्रिया पूरा भएपछि मृतकका शव नेपाल पठाउन सहजीकरण गरिने दूतावासले जनाएको छ ।

यता कुवेतस्थित भारतीय दूतावासले करिब ४० भारतीय नागरिक अस्पतालमा भर्ना भएको र केहीको मृत्यु भएको जनाएको छ । घटनाबारे जानकारी पाएलगत्तै भारतीय राजदूत अस्पताल पुगेर अवस्थाबारे जानकारी लिएको दूतावासले जनाएको छ । प्रभावितहरुले आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराइने दूतावासले प्रतिबद्धता जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ३०, शुक्रबार १२:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP