मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विश्व सम्पदा दिवस आज: संरक्षणका लागि सचेतना कार्यक्रम र पदयात्रा आयोजना

169
SHARES
विश्व सम्पदा दिवस आज: संरक्षणका लागि सचेतना कार्यक्रम र पदयात्रा आयोजना

काठमाडौं । सम्पदाको संरक्षण र महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्व सम्पदा दिवस मनाइँदै छ । युनेस्कोको पहलमा सन् १९८३ देखि प्रत्येक वर्ष अप्रिल १८ मा यो दिवस मनाउने गरिएको हो ।

नेपालमा हाल विभिन्न ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरू विश्व सम्पदा सूचीमा सूचीकृत छन् । काठमाडौं उपत्यका अन्तर्गत वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध र स्वयम्भू समावेश छन् । त्यसैगरी लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज पनि विश्व सम्पदा सूचीमा परेका छन् ।

यस अवसरमा राजधानीमा आज बिहान विशेष सम्पदा पदयात्रा आयोजना गरिएको छ । वाग्मती प्रदेश सरकारअन्तर्गतको पर्यटन कार्यालयले गहना पोखरीदेखि भाटभटेनी मन्दिरसम्म पदयात्रा सञ्चालन गर्ने जनाएको छ ।

पदयात्रापछि हाँडीगाउँ क्षेत्रको सांस्कृतिक महत्वबारे अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिनेछ । कार्यक्रममा वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको सहभागिता रहने जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख ५, शनिबार ०१:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP