मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बीपी राजमार्ग २४ सै घण्टा सञ्चालनमा

1.6K
SHARES
बीपी राजमार्ग २४ सै घण्टा सञ्चालनमा

काभ्रेपलाञ्चोक । लामो समयदेखि रातिको समयमा रोक लगाइएको बीपी राजमार्ग आजदेखि २४ घण्टा सञ्चालनमा आएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा बसेको सुरक्षा समितिको बैठकले मनसुन सकिँदै गएको र दसैँ–तिहारलगायत चाडपर्व नजिकिएकाले यात्रुको सहजताका लागि सडक पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो । निर्णयअनुसार स्वीकृत सडक सुरक्षा कार्य योजनाको पालना गर्दै राजमार्ग २४ घण्टा सञ्चालनमा आउनेछ ।

गत असार पहिलो सातादेखि बाढीपहिरोको जोखिमका कारण राति १२ घण्टासम्म सवारी आवतजावतमा रोक लगाइएको थियो । पछिल्लो पटक भदौ १६ गतेदेखि थप १५ दिन रातिको आवतजावत रोकिएको थियो ।

अन्तरजिल्ला समन्वय समितिको निर्णयअनुसार असार ७ गतेदेखि साँझ ६ः३० बजेदेखि बिहान ५ः०० बजेसम्म, साउनमा भने साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो ।

गत वर्ष असोजमा आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्म आठ किलोमिटर सडक बगाएपछि अस्थायी व्यवस्थामार्फत मात्र सवारी सञ्चालन गरिएको थियो । सो घटनाले १६० किमि लामो राजमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट—नेपालथोक खण्ड (३४ किमि) र नेपालथोक—धुलिखेल खण्ड (५० किमि) मा ठूलो क्षति पुर्‍याएको थियो ।

हाल कार्यालयले क्षतिग्रस्त भागलाई स्थायी रूपमा पुनर्निर्माण गर्न चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाइरहेको जनाएको छ । बीपी राजमार्गलाई पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा मानिन्छ र दैनिक हजारौँ सवारीसाधन यसमार्ग हुँदै सञ्चालन हुन्छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १, बुधबार ०४:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP