मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रपतिद्वारा सार्वदलीय बैठक आह्वान

1.3K
SHARES
राष्ट्रपतिद्वारा सार्वदलीय बैठक आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका छन् । आगामी निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको तर राजनीतिक दलहरूबीच संवाद नचलिरहेको अवस्थालाई ध्यानमा राख्दै राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित सबै दलका शीर्ष नेताहरूलाई छलफलका लागि आह्वान गरेका हुन् ।

यसअघि हिजो मात्रै राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता भएको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले चुनावका लागि आवश्यक राजनीतिक वातावरण निर्माण गर्न सरकारलाई सुझाव दिएका थिए । प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले तयारी तीव्र रूपमा अघि बढाइरहेको र त्यसअनुसार सरकार पनि चुनाव केन्द्रित तयारीमा जुटिरहेको जानकारी राष्ट्रपतिलाई दिएकी थिइन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २४, शुक्रबार ०५:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP