मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री मोदीबाट सुशीला कार्कीलाई शुभकामना

1.6K
SHARES
प्रधानमन्त्री मोदीबाट सुशीला कार्कीलाई शुभकामना

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई पदभार ग्रहणको अवसरमा बधाई दिएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत शुभकामना व्यक्त गर्दै मोदीले नेपाल र नेपाली जनताको शान्ति, प्रगति तथा समृद्धिप्रति भारतको दृढ प्रतिबद्धता दोहोर्याएका छन् ।

मोदीले सन्देश नेपाली र हिन्दी दुवै भाषामा लेख्दै भनेका छन्, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा माननीय सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णतः प्रतिबद्ध छ ।”



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २८, शनिबार ०५:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP