मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यकामा चिसोको प्रभाव बढ्दै, तापक्रम लगातार ओरालो

2.5K
SHARES
उपत्यकामा चिसोको प्रभाव बढ्दै, तापक्रम लगातार ओरालो

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला दिनहरूमा चिसो बढ्दै गएको छ । न्यूनतम तापक्रम निरन्तर घटिरहेकाले बिहान र बेलुकाको समय अझ बढी चिसो महसुस हुन थालेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको छ । यो प्रारम्भिक तथ्याङ्क मात्र भएकाले बिहान ८ः४५ बजे गरिने आधिकारिक मापनमा तापक्रम अझै घट्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसअघि सोमबार काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस र आइतबार ४ डिग्री सेल्सियस रहेको थियो । यसले उपत्यकामा चिसो क्रमशः बढ्दै गएको संकेत गर्छ ।

अधिकतम तापक्रमतर्फ हेर्दा सोमबार १५.३ डिग्री सेल्सियस र आइतबार १५.७ डिग्री सेल्सियस मापन गरिएको थियो । दिनको समयमा घाम लागे पनि बिहान र साँझ चिसो कायमै रहने देखिन्छ ।

मौसम महाशाखाले काठमाडौंसहित देशका विभिन्न स्थानमा दैनिक रूपमा तापक्रम मापन गर्दै आएको छ । न्यूनतम तापक्रम बिहान ८ः४५ बजे र अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ । दिनभरि सबैभन्दा कम पुगेको तापक्रमलाई न्यूनतम र सबैभन्दा बढी पुगेको तापक्रमलाई अधिकतम तापक्रम मानिन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष २२, मंगलवार ००:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP