मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुशीला कार्कीले आज राति प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्ने

1.4K
SHARES
सुशीला कार्कीले आज राति प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्ने

काठमाडौं । नेपालमा अन्तरिम सरकारको नेतृत्व गर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्की आजै प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्ने भएकी छन् । राष्ट्रपतिद्वारा आज राति ८ः४५ बजे शीतल निवासमा विशेष समारोहका बीच नयाँ प्रधानमन्त्रीको शपथ कार्यक्रम तय गरिएको छ ।

राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, राष्ट्रपतिले पहिलोपटक अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा कार्कीलाई नियुक्त गर्नेछन् । त्यसपछि शपथ ग्रहण गरी उनी कार्यभार सम्हाल्नेछिन् ।

पोखरेलले भने, “पहिला राष्ट्रपतिज्यूले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीज्यूलाई नियुक्त गर्नुहुन्छ । अनि नयाँ प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषदको काम अगाडि बढाउनु हुन्छ ।”

यसअघि कार्की प्रधानन्यायाधीशको रूपमा सेवा गरिसकेकी छन् र नेपालमा महिला नेतृत्वका हिसाबले यो ऐतिहासिक कदमका रूपमा हेरिएको छ । अन्तरिम सरकारको प्रमुखको रूपमा अब उनले निर्वाचनसम्म देशको प्रशासनिक र राजनीतिक नेतृत्व सम्हाल्नेछिन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २७, शुक्रबार १४:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP