मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मन्त्री फर्दै जाने हो भने ग्यासको भन्दा मन्त्रीको लाइन लामो हुन्छ : तामाङ

273
SHARES
मन्त्री फर्दै जाने हो भने ग्यासको भन्दा मन्त्रीको लाइन लामो हुन्छ : तामाङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा ग्यास उपलब्ध हुँदाहुँदै पनि उपभोक्ताले खरिद गर्न नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले ग्यास नपाएको गुनासो लिएर दैनिक हजारौँ नागरिकले आफूलाई फोन गर्ने गरेको बताइन् । पसलमा ग्यासका सिलिन्डर मौज्दात रहे पनि बिक्री नगर्ने गरेको उपभोक्ताको गुनासो रहेको उनले सदनमा सुनाइन् ।

‘मलाई दिनमा हजारौँ फोन आउँछन् । पसलमा ग्यास छ, तर पसलेले बेच्न मान्दैनन् भन्ने गुनासो हुन्छ,’ तामाङले भनिन्, ‘यो त ल्हासामा सुन छ, कान मेरो बुच्चै भनेजस्तो भयो । यसले नेपालमा सरकारभन्दा माफिया शक्तिशाली रहेछन् भन्ने देखाउँदैन र ?’

ग्यास उपलब्ध गराउन नसक्ने हो भने सरकारले जनतालाई स्पष्ट रूपमा जानकारी गराउनुपर्ने उनले बताइन् । वैकल्पिक इन्धनको व्यवस्था गर्न नसके त्यसबारे पनि सरकारले नागरिकलाई खुलस्त जानकारी दिनुपर्ने उनको भनाइ थियो ।

ग्यास अभावको समस्या समाधान गर्न पटकपटक उद्योगमन्त्री परिवर्तन गर्नुको सट्टा दीर्घकालीन समाधान खोज्नुपर्ने तामाङले बताइन् ।

बिहीबार गौरीकुमारी यादवले उद्योगमन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र शाहले दीपककुमार साहलाई नयाँ उद्योगमन्त्री नियुक्त गरेका थिए ।

मन्त्री परिवर्तन गर्दैमा जनताको समस्या समाधान नहुने टिप्पणी गर्दै उनले भनिन्, ‘महिनैपिच्छे ग्यासका लागि मन्त्री फेर्ने होइन । यसरी मन्त्री फेर्दै जाने हो भने ग्यासको भन्दा मन्त्रीहरूको लाइन लामो हुन्छ ।’

सरकार ग्यास आपूर्तिको समस्या समाधानप्रति गम्भीर बन्नुपर्नेमा जोड दिँदै सांसद तामाङले जनतालाई सहज रूपमा इन्धन उपलब्ध गराउने जिम्मेवारीबाट सरकार पन्छिन नहुने बताइन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २६, शुक्रबार १०:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP