मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेनजी आन्दोलनपछि ओलीको पहिलो सार्वजनिक उपस्थिति

2.1K
SHARES
जेनजी आन्दोलनपछि ओलीको पहिलो सार्वजनिक उपस्थिति

काठमाडौं । जेनजी आन्दोलनपछि पहिलोपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक रूपमा देखिएका छन् । शनिबार भक्तपुरको गुन्डुमा आयोजित राष्ट्रिय युवा संघ नेपालको खुल्ला भेटघाट कार्यक्रममा उनी सहभागि भएका हुन् ।

कार्यक्रममा ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि उपस्थित थिइन् । त्यस्तै, एमाले नेता राजेन्द्र गौतम, भानुभक्त ढकाल, महेश बस्नेत, राजिव पहरी, माधव ढुंगेल लगायतका नेता तथा कार्यकर्ताहरूको समेत उपस्थिति थियो ।

भेटघाट कार्यक्रममा सहभागीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको भूमिका र युवापुस्तासँगको सहकार्यबारे विचार व्यक्त गरेका छन् । उनी जेनजी आन्दोलनपछि सार्वजनिक कार्यक्रममा आउनुअघि पार्टीभित्रका केही छलफलमा मात्र सीमित रहेका थिए ।

कार्यक्रमलाई एमाले निकट युवाहरुले ओलीको उपस्थिति व्यवस्थापन र सन्देश सार्वजनिक गर्ने अवसरका रूपमा लिएको बताइन्छ । सहभागीहरु बीच नेता तथा कार्यकर्ताबीच अन्तरक्रिया र आगामी योजनाबारे पनि छलफल भएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ११, शनिबार ०७:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP