मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

1.7K
SHARES
मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

काठमान्डु । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेश सभा बैठकमा उनले पेश गरेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो ।

विश्वासको मतको पक्षमा ९२ जना सांसदले मतदान गरेका थिए भने विपक्षमा कुनै पनि मत परेन । १०७ सदस्यीय मधेस प्रदेश सभामा विश्वासको मतका लागि न्यूनतम ५४ सांसदको समर्थन आवश्यक पर्ने व्यवस्था छ ।

प्रदेश सभाको बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख बबिता कुमारी राउत ईशरले शुक्रबार साँझ विश्वासको मतको प्रस्ताव पारित भएको औपचारिक घोषणा गरिन् । उनले संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ अनुसार मुख्यमन्त्री यादवले बहुमतसहित विश्वासको मत प्राप्त गरेको स्पष्ट पारिन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता यादव सात दलीय गठबन्धनका ७७ सांसदको समर्थनमा गत मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । शुक्रबारको मतदानमा सत्तारूढ गठबन्धनसँगै नेकपा (एमाले)ले समेत उनलाई विश्वासको मत दिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ४, शुक्रबार १५:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP