मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनसुनको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना

4.4K
SHARES
मनसुनको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकोले नेपालमा विभिन्न क्षेत्रहरूमा मौसममा परिवर्तन देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, यस प्रणालीको प्रभाव विशेषगरी कोशी, मधेस र बागमती प्रदेशमा बढी देखिएको छ ।

उक्त प्रदेशहरूमा सामान्य बदलीका साथ धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा भइरहेको जानकारी प्राप्त भएको छ ।

दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश तथा अन्य पहाडी भूभागमा सामान्य बदली रहने पूर्वानुमान छ । तराईका अन्य भागहरूमा आंशिक बदलीको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । मधेस र गण्डकी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना छ भने अन्य स्थानमा एक–दुई ठाउँमा मात्रै पानी पर्ने देखिएको छ ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । बाँकी भागहरूमा आंशिक बदली रहने अपेक्षा गरिएको छ । यी चारवटै प्रदेशका थोरै स्थानहरूमा र अन्य पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुनसक्ने छ ।

देशभरि मनसुन सक्रिय रहेकाले बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपप्रति सतर्कता अपनाउन मौसम विज्ञहरूले अनुरोध गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ४, शनिबार ००:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP