मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निकोलस भुसाल गोरखाबाट पक्राउ, आजै काठमाडौं ल्याइँदै

1.6K
SHARES
निकोलस भुसाल गोरखाबाट पक्राउ, आजै काठमाडौं ल्याइँदै

काठमाडौं । निकोलस भुसाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखाबाट पक्राउ गरेको छ । उनलाई गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रम नजिकैबाट पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यका अनुसार पक्राउ परेका भुसाललाई आवश्यक अनुसन्धानका लागि आजै काठमाडौं ल्याइने छ ।

भुसालमाथि सार्वजनिक शान्ति भड्काउने गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ । प्रहरीले घटनाबारे थप विवरण सार्वजनिक गरेको छैन भने उनीमाथि प्रारम्भिक सोधपुछ प्रक्रिया अघि बढाइने जनाएको छ ।

भुसाल पछिल्ला दिनमा सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिँदै आएका थिए, जसपछि प्रहरीको निगरानीमा परेका थिए । पक्राउपछि अब उनको मुद्दा उपत्यका अपराध अनुसन्धान कार्यालयले हेर्ने बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १८, मंगलवार १०:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP