मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ओली मन्त्रिपरिषद्मा तीन मन्त्री फेर्ने तयारी, जसपा र लोसपाको निर्णय

2.6K
SHARES
ओली मन्त्रिपरिषद्मा तीन मन्त्री फेर्ने तयारी, जसपा र लोसपाको निर्णय

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा चाँडै तीन मन्त्री फेरिने निश्चित भएको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आफ्ना मन्त्रीहरूलाई फेर्ने औपचारिक पत्र प्रधानमन्त्रीलाई बुझाएका छन् ।

जसपाका दुई मन्त्री फेर्ने
ओली सरकारमा जसपाबाट खानेपानी मन्त्री प्रदीप यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह हुडी रहेका छन् । तर पार्टीको निर्णयअनुसार दुवैलाई फिर्ता बोलाइ नयाँ नाम सिफारिस गरिएको जसपा उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिए ।

उनका अनुसार खानेपानी मन्त्रालय डा. वीरेन्द्र महतोले सम्हाल्नेछन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रञ्जु झालाई जिम्मा दिइनेछ । बस्नेतका अनुसार हालका मन्त्रीहरूले भदौ ११ गतेभित्र राजीनामा दिने र त्यसपछि नयाँ मन्त्रीहरूले पदभार ग्रहण गर्नेछन् ।

लोसपाबाट श्रम मन्त्री फेरिँदै
त्यसैगरी, लोसपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हाल्दै आएका शरतसिंह भण्डारीलाई फेर्ने निर्णय भएको छ । उनको स्थानमा वरिष्ठ सहअध्यक्ष शर्वेन्द्रनाथ शुक्लाको नाम सिफारिस गरिएको बताइएको छ ।

शुक्लाले आफैं पनि पार्टीले आफ्नो नाम सिफारिस गरेको पुष्टि गरेका छन् । उनका अनुसार, भण्डारीले सम्हाल्दै आएको मन्त्रालय नै आफूले सम्हाल्नेछन् ।

दुवै दलले मन्त्री बनाउँदा आफ्ना सांसदलाई एक–एक वर्षको अवधिका लागि मात्र जिम्मेवारी दिने सहमति गरेका थिए । सोही समझदारीअनुसार अहिले मन्त्रीहरू फेर्ने प्रक्रिया अघि बढाइएको हो।

लोसपाले मन्त्री फेर्ने पत्र साउन ५ गते नै प्रधानमन्त्रीलाई बुझाएको थियो । तर प्रधानमन्त्री ओलीले केही अन्य मन्त्रालयमा पनि फेरबदल गर्ने तयारी रहेको भन्दै सबैलाई एकैपटक परिवर्तन गर्ने आश्वासन दिएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ८, आईतवार ११:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP