मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनपीएलमा आज काठमान्डु गुर्खाज र कर्णाली याक्स आमनेसामने

1.8K
SHARES
एनपीएलमा आज काठमान्डु गुर्खाज र कर्णाली याक्स आमनेसामने

काठमान्डु । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटमा आज (आइतबार) एउटा मात्र खेल निर्धारित छ, जहाँ काठमान्डु गुर्खाज र कर्णाली याक्स बीच रोमाञ्चक भिडन्त हुने अपेक्षा गरिएको छ । खेल दिउँसो ३स्३० बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

काठमान्डु गुर्खाजले पाँच खेलबाट ६ अंक जोड्दै तालिकाको तेस्रो स्थान ओगटेको छ । टोलीले उत्कृष्ट सुरुवात गर्दै पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको थियो । तर दोस्रो र तेस्रो खेलमा उनीहरूले क्रमशः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग हार बेहोर्नु परेको थियो । चौथो खेलमा लुम्बिनीविरुद्ध २२ रनले पुनरागमन जित निकाल्दै टोलीले मनोबल उठाएको थियो । पाँचौँ खेलमा चितवनविरुद्ध ५३ रनको ठोस जितसँगै काठमाडौं आजको प्रतिस्पर्धा उच्च आत्मविश्वाससहित खेलेको देखिनेछ ।

कर्णाली याक्सले भने चार खेल खेलेर मात्र दुई अंक बटुल्न सकेको छ र तालिकाको छैटौँ स्थानमा छ। पहिलो खेलमा चितवनसँग ४ विकेटले पराजित भएको कर्णालीले दोस्रो खेलमा लुम्बिनीलाई ९ विकेटले हराउँदै बलियो प्रदर्शन देखाएको थियो । तर तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले पराजित भएको कर्णाली चौथो खेलमा पनि विराटनगरसँग ३ विकेटले हार बेहोर्न बाध्य भयो । यसकारण कर्णालीका लागि बाँकी खेलहरू जीवन–मरणका रूपमा बदलिएका छन् ।

आइतबारको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण छ। काठमान्डुले प्लेअफ सुनिश्चित गर्ने लक्ष्यलाई बलियो बनाउन खोज्नेछ भने कर्णालीका लागि जित अत्यावश्यक छ । दर्शकहरू पनि दुई विपरीत स्थितिमा रहेका टोलीबीच आज रोमाञ्चक क्रिकेट देखने अपेक्षामा छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १४, आईतवार ०१:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP