मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कक्षा ११ र १२ का लागि छात्रवृत्ति परीक्षा नतिजा प्रकाशित

2.5K
SHARES
कक्षा ११ र १२ का लागि छात्रवृत्ति परीक्षा नतिजा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि लिएको छात्रवृत्ति छनोट परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

महानगरले शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन गरेको परीक्षामा देशभरका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रह्यो । कुल ५४ वटा परीक्षा केन्द्रहरूमा परीक्षा लिइएको थियो ।

महानगर शिक्षा विभागका अनुसार ७७ वटै जिल्लाबाट प्राप्त १७ हजार २ सय २९ आवेदनमध्ये १६ हजार १ सय ३७ विद्यार्थी परीक्षाका लागि योग्य ठहरिएका थिए । तीमध्ये परीक्षामा वास्तविक रूपमा १४ हजार १ सय ७३ विद्यार्थी सहभागी भए ।

उक्त परीक्षाको मूल्याङ्कनपछि १० हजार ८ सय ६७ विद्यार्थी न्यूनतम ४० अंक प्राप्त गरी उत्तीर्ण भएको शिक्षा विभागले जनाएको छ । ४० अंकभन्दा कम ल्याउने विद्यार्थी अनुत्तीर्ण घोषित गरिएको छ ।

छात्रवृत्ति परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो। प्रश्नपत्रमा गणित, विज्ञान र अंग्रेजीबाट समान रूपमा ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्नसहित जम्मा १०० अङ्कको बहुवैकल्पिक प्रश्नहरू समावेश गरिएका थिए ।

परीक्षा उत्तरपुस्तिका अप्टिकल मार्क रिकग्निसन प्रणालीको माध्यमबाट स्वचालित रूपमा जाँच गरिएको थियो । यस प्रविधिले नतिजामा त्रुटिको सम्भावना कम गर्दै निष्पक्षता र पारदर्शिता सुनिश्चित गरेको शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीले जानकारी दिए ।

उत्तीर्ण विद्यार्थीहरूको नतिजा काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइटमा प्रकाशित गरिएको छ । विद्यार्थीहरूले आफ्नो एसईई सिम्बोल नम्बर, जन्म मिति र इमेल वा एसएमएसबाट प्राप्त पासवर्ड प्रयोग गरी स्कोर कार्ड हेर्न, डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्नेछन् ।

यस वर्ष काठमाडौं महानगर अन्तर्गतका १६० वटा निजी विद्यालयमा ४ हजारभन्दा बढी छात्रवृत्ति सिट उपलब्ध गराइनेछ । योग्य विद्यार्थीले छात्रवृत्तिको आधारमा संस्थागत विद्यालयमा निशुल्क अध्ययन गर्न पाउनेछन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ४, आईतवार १०:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP