मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनपीएलमा काठमान्डु गुर्खाजको पुनरागमन जित, लुम्बिनी लायन्स फेरि पराजित

2K
SHARES
एनपीएलमा काठमान्डु गुर्खाजको पुनरागमन जित, लुम्बिनी लायन्स फेरि पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एलपीएल) मा काठमान्डु गुर्खाजले आफ्नो चौथो खेलमा पुनरागमन जित दर्ता गरेको छ । लुम्बिनी लायन्सका ब्याटरले महत्वपूर्ण क्षणमा धैर्य गुमाएपछि काठमान्डुले खेलमा २२ रनले प्रभावशाली जित दर्ता गरेको हो ।

१५८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको लुम्बिनी १३५ रनमै समेटिँदा उसले लगातार दोस्रो हार बेहोर्‍यो । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमान्डुले हारको शृङ्खलाबाट बाहिरिँदै पुनः ‘कमब्याक’ गर्‍यो । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई हराए पनि विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सविरुद्ध पराजित भएको काठमान्डुले चौथो खेलमा लुम्बिनीलाई रोक्दै ‘प्लेअफ’को सम्भावनालाई जीवित राखेको छ ।

अंक तालिकामा अहिले प्रतिस्पर्धा कडा बन्दै गएको छ । सात खेलको लिग चरण पछाडि रहने चार टोली प्रतियोगिताबाट बाहिरिनेछन् । दुईदेखि चार खेलसम्म पाँच टोली दुई–दुई हार झेलेका छन् । पोखरा र जनकपुर अझै जितविहीन छन् । काठमान्डुले चार खेलमा दुई जित र दुई हार दर्ता गरेको छ भने लुम्बिनी र कर्णालीले तीनमध्ये एक जित मात्रै निकाल्न सकेका छन् । चितवन एक जित–एक हारमा छ र विराटनगर तथा सुदूरपश्चिम भने तेस्रो खेलसम्म अपराजित छन् ।

काठमान्डुका लागि ब्याटिङमा शेर मल्लले १८ बलमा तीन छक्कासहित २७ रन जोडे । दिलिप नाथले २५ रन, डी आरसी सर्टले २२ रन र कप्तान रोहित पौडेल तथा गुल्वदिन नैबले समान ११ रनको योगदान दिए । लुम्बिनीका विदेशी खेलाडीहरू आज चल्न सकेनन् । सन्दीप जोरा ७, जोनाथन स्मिथ ८ र रुबेन ट्रम्पलम्यान ५ रनमै आउट भए ।
काठमान्डुका लागि मिलिन्द कुमार र जेरहार्ड इरसमसले दुई–दुई विकेट लिए भने रसिद खान, साहब आलम, करण केसी र सन्तोष यादवले पनि एक–एक विकेट हात पारे ।

यसअघि टस जितेर काठमान्डुलाई ब्याटिङ गर्न दिएको लुम्बिनीले ८ विकेट गुमाएर १५७ रन बनायो । काठमान्डुका कप्तान करण केसी ११ बलमा एक चौका र चार छक्का प्रहार गर्दै ३४ रनमा अविजित रहे । ओपनर आकाश त्रिपाठीले ३६ बलमा तीन चौकासहित ३२ रन बनाए । सन्तोष यादवले १६ बलमा दुई छक्कासहित २६ रन थपे । मिलिन्द कुमार र इरसमसले समान १७ रन जोडे ।

बलिङतर्फ लुम्बिनीका रुबेन ट्रम्पलम्यान, शेर मल्ल, रोहित पौडेल र गुल्वदिन नैवले दुई–दुई विकेट प्राप्त गरे ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ९, मंगलवार १४:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP