मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर बदली र वर्षाको सम्भावना

403
SHARES
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर बदली र वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस प्रणालीका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली देखिएको छ । अन्य प्रदेशका हिमाली भूभागमा पनि आकाश बादलले ढाकिएको छ । कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रहरूमा मौसम प्रायः सफा रहेको छ ।

आज दिउँसो देशका अधिकांश स्थानमा बदली रहने अनुमान गरिएको छ । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँहरूमा, साथै गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा चट्याङ्ग र असिनासहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । अन्य प्रदेशका केही स्थानमा पनि वर्षा र हिमपात हुन सक्ने बताइएको छ । कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति पनि देशभर अधिकांश क्षेत्रमा बदली कायमै रहनेछ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानहरूमा चट्याङ्ग र असिनासहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र ६, शुक्रबार ००:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP