मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमबीएस प्रश्नपत्र चुहावट प्रकरण: थप दुई पक्राउ, आरोपितको संख्या चार पुग्यो

26
SHARES
एमबीएस प्रश्नपत्र चुहावट प्रकरण: थप दुई पक्राउ, आरोपितको संख्या चार पुग्यो

काठमाडौं । एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट (आउट) प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पछिल्लो पक्राउसँगै यस घटनामा संलग्न भएको आरोपमा पक्राउ पर्नेहरूको संख्या चार पुगेको छ ।

पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ निवासी २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल घर भएका ३१ वर्षीय अब्दुल सानी हाकिम रहेका छन् । उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

यसअघि पनि यही प्रकरणमा दुई जना पक्राउ परेका थिए । अनुसन्धानको क्रममा प्राप्त प्रमाण र सूचनाका आधारमा थप व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ ।

एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएको विषय सार्वजनिक भएपछि प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको थियो । प्रश्नपत्र कसरी बाहिरियो, त्यसमा कसको संलग्नता छ र यसको सञ्जाल कति फैलिएको छ भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको बताइएको छ ।

सीआईबीका एसएसपी अनुपम शमशेर जबराका अनुसार पक्राउ परेका चारै जनामाथि शिक्षा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ । घटनामा अन्य व्यक्तिको संलग्नता भएरनभएको विषयमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १२, मंगलवार ०९:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP