मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आईसीसी टी–२० विश्वकप: आज सुपर–८ मा चार टोली मैदानमा

845
SHARES
आईसीसी टी–२० विश्वकप: आज सुपर–८ मा चार टोली मैदानमा

काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकपअन्तर्गत आज सुपर–८ चरणका दुई महत्वपूर्ण खेल हुँदैछन् । समूह ‘ए’का खेलहरू भारतका दुई फरक मैदानमा आयोजना गरिनेछन् ।

पहिलो खेलमा वेष्टइन्डिज र दक्षिण अफ्रिका आमनेसामने हुनेछन् । यो खेल नरेन्द्र मोदी स्टेडियम, अहमदाबादमा अपराह्न ३ः१५ बजे सुरु हुनेछ । दुवै टोलीले सुपर–८ को पहिलो खेलमा प्रभावशाली जित हासिल गरेका थिए । वेस्ट इण्डिजले जिम्बाबेलाई १०७ रनले पराजित गरेको थियो भने दक्षिण अफ्रिकाले भारतलाई ७६ रनले हराएको थियो ।

यस खेलको विजेता टोलीले सेमिफाइनलमा स्थान लगभग सुरक्षित गर्नेछ । पराजित टोलीको भने अर्को खेलमार्फत अघिल्लो चरणमा पुग्ने सम्भावना अझै कायम रहनेछ ।

आजको दोस्रो खेलमा पहिलो खेलमा पराजित भएका भारत र जिम्बाबे आमनेसामने हुनेछन् । यो खेल साँझ ७ः१५ बजे चेन्नईमा हुनेछ । यो खेल दुवै टोलीका लागि ‘गर या मर’को अवस्थामा रहेको छ । पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता टोलीको सेमिफाइनल पुग्ने सम्भावना जीवित रहनेछ ।

यसअघि समूह ‘बी’बाट श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ । बुधबार भएको खेलमा न्यूजिल्याण्डसँग ६१ रनले पराजित भएपछि श्रीलंका एक खेल खेल्न बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १४, बिहीबार ०६:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP