मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रसाईँ समूहको २७ बुँदै माग, संविधान खारेजदेखि राजसंस्था पुनर्स्थापनासम्म

2.4K
SHARES
प्रसाईँ समूहको २७ बुँदै माग, संविधान खारेजदेखि राजसंस्था पुनर्स्थापनासम्म

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा चलिरहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले बुधबार सरकारलाई २७ बुँदे मागपत्र बुझाएको छ ।

गृहमन्त्रालयमा अभियानका तर्फबाट माधव प्रसाद खतिवडाले गृहमन्त्री ओमप्रकाश अर्याललाई मागपत्र हस्तान्तरण गरेका हुन् ।

मागपत्र बुझाएपछि सुरु भएको वार्ता आजका लागि सकिएको छ । वार्ताको सहजीकरण गरेका अधिवक्ता विनोदमणि भट्टराईका अनुसार, मागपत्रमा देशको राजनीतिक, आर्थिक, सामाजिक र धार्मिक संरचना पुनःनिर्माणसँग सम्बन्धित बृहत् मागहरू समेटिएका छन् ।

अभियानको मागपत्रमा संविधान खारेज गरेर नयाँ राजनीतिक व्यवस्थाको निर्माण, राजसंस्थाको पुनर्स्थापना, हिन्दु राज्यको पुनःघोषणा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नेजस्ता प्रस्तावहरू रहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २६, बुधबार ०७:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP