मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पुस १ गते मतदान हुने भएपछि एमाले ११औँ महाधिवेशन लम्बिने

2.8K
SHARES
पुस १ गते मतदान हुने भएपछि एमाले ११औँ महाधिवेशन लम्बिने

काठमान्डु । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशन तोकिएको समयभन्दा लम्बिने देखिएको छ। शनिबारदेखि सुरु भएको महाधिवेशन सुरुमा २९ गतेसम्म सम्पन्न गर्ने कार्यतालिका तय गरिएको थियो ।

तर, केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ निर्वाचन कार्यतालिकाअनुसार पुस १ गते दिउँसो ११ बजेदेखि मतदान हुने भएपछि महाधिवेशनको अवधि थप भएको हो । मतदानको मिति १ गतेलाई तोकिएसँगै सम्पूर्ण प्रक्रिया समयमै टुंग्याउन कठिन देखिएको भन्दै महाधिवेशन लम्बिने संकेत देखिएको छ । यद्यपि, नेताहरूले सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास जारी रहेको बताएका छन् ।

शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशन आइतबारदेखि काठमाडौंको भृकुटिमण्डपमा बन्दसत्रका रूपमा प्रवेश गरेको छ ।

यसैबीच, नेकपा एमालेले ११औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आइतबार पार्टीको केन्द्रीय निर्वाचन आयोगले पुस १ गते नेतृत्व चयनका लागि मतदान हुने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

निर्वाचन कार्यक्रमअनुसार आजै मतदाता नामावली प्रकाशन हुनेछ । नामावलीमाथि दावी–विरोध भोलि बिहान ८ बजेदेखि ९ बजेसम्म गर्न सकिने छ । दावी–विरोधमाथि छानबिन भोलि बिहान १० बजेदेखि सुरु हुने छ भने सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशित गरिने छ ।

त्यसपछि साढे १० बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ता हुने छ । भोलि साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने छ । मतदान भने पुस १ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २८, आईतवार १३:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP