मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी

130
SHARES
देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भागमा सरदर स्थानको आसपास तथा पश्चिमी भागमा सरदरभन्दा उत्तरतर्फ रहेकाले मौसममा यसको प्रभाव कायम रहेको हो ।

हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा लुम्बिनी र मधेस प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भूभागका अधिकांश क्षेत्रमा सामान्य बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि बदली रहने सम्भावना छ । कोशी र मधेस प्रदेशको तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ ।

दिउँसो हिमाली क्षेत्रका केही तथा पहाडी क्षेत्रका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान, बागमती र गण्डकीका केही तराई क्षेत्र तथा कोशी र मधेसका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ । साथै लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रसँगै बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज राति पनि देशका हिमाली र पहाडी भूभाग तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा सामान्य बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ ।

रातिको समयमा हिमाली क्षेत्रका थोरै र पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । त्यस्तै बागमती, गण्डकी र लुम्बिनीका तराईका केही स्थान, कोशी र सुदूरपश्चिमका तराई क्षेत्र तथा मधेसका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला तथा पहिरोको जोखिम भएका क्षेत्रमा आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १२, मंगलवार ००:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP