मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

डडेलधुरामा जीप दुर्घटना (अपडेट): मृतक र घाइते एकै वडाका

1.7K
SHARES
डडेलधुरामा जीप दुर्घटना (अपडेट): मृतक र घाइते एकै वडाका

कञ्चनपुर । डडेल्धुरामा बिहीबार बिहान जिप दुर्घटनामा परी मृत्यु हुने र घाइतेको पहिचान खुलेको छ ।

डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा नवदुर्गा गाउँपालिका–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको हो ।

मृतक अवस्थी भूमिराज आधारभूत विद्यालय चौडमा शिक्षिका थिइन् ।

दुर्घटनामा सोही गाउँपालिकाका १८ वर्षीया सुशीला विक, ४ वर्षीय प्रतीक पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद, ४४ वर्षीय प्रकाश विक र चालक ३५ वर्षीय रामबहादुर साउद घाइते भएका छन् । उनीहरूको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

नवदुर्गा गाउँपालिका–५ चौडको कच्ची सडकमा से १ ज ७३८ नम्बरको जिप सडकबाट करिब ५ सय मिटर तल जंगलमा खसेको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १२, बिहीबार ०७:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP