मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति वर्षमान पुनको आपत्ति, आचारसंहिता कडाइका साथ लागू गर्न आयोगलाई आग्रह

988
SHARES
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति वर्षमान पुनको आपत्ति, आचारसंहिता कडाइका साथ लागू गर्न आयोगलाई आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ता (जेन–जी) लाई निर्वाचनमा जिताउनुपर्छ भन्ने आशयको अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रीहरूले सार्वजनिक रूपमा यस्ता अभिव्यक्ति दिनु निर्वाचन आचारसंहिताको मर्मविपरीत हुने उनको भनाइ छ ।

शुक्रबार निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धी छलफल कार्यक्रममा बोल्दै नेता पुनले निर्वाचनमा राज्यको शक्ति, स्रोत र साधनको दुरुपयोग हुन नदिन आयोगले विशेष सतर्कता अपनाउनुपर्ने बताए । गैरदलीय सरकारको अवस्थामै प्रधानमन्त्री र मन्त्रीहरूबाट कसलाई जिताउने र कसलाई हराउने भन्ने खालका भाषण सार्वजनिक रूपमा आउनु गम्भीर विषय भएको उनले उल्लेख गरे ।

उनले प्रदेश र स्थानीय तहसहित विभिन्न स्तरका सरकारहरू सक्रिय रहेकाले आचारसंहिता कागजमै सीमित नहोस्, यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न भरपर्दो अनुगमन संयन्त्र आवश्यक रहेको बताए । साथै सूचना प्रविधिको प्रयोगमार्फत हुने सम्भावित दुरुपयोगतर्फ पनि निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्नेमा पुनले जोड दिए ।

नेता पुनका अनुसार निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गर्न राज्य संयन्त्रबाट हुने कुनै पनि प्रकारको प्रभाव र प्रविधिको दुरुपयोगलाई समयमै नियन्त्रण गर्नु निर्वाचन आयोगको प्रमुख दायित्व हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २, शुक्रबार ०७:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP