मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कासम ब्रिगेडले सार्वजनिक गर्‍यो इजरायली बन्धकहरूको ‘बिदाइ तस्बिर’, नेपाली विपिन जोशी पनि तस्बिरमा

4.6K
SHARES
कासम ब्रिगेडले सार्वजनिक गर्‍यो इजरायली बन्धकहरूको ‘बिदाइ तस्बिर’, नेपाली विपिन जोशी पनि तस्बिरमा

गाजा । इजरायली सेनाले गाजाको एक प्रमुख सहरमा घेराबन्दी गर्दै सैन्य आक्रमण तीव्र बनाएको बेला, हमासको सशस्त्र शाखा कासम ब्रिगेडले ४८ जना इजरायली बन्धकहरूको सामूहिक ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक गरिएको तस्बिरमा नेपाली युवा विपिन जोशीको अनुहार पनि देखिएको पुष्टि भएको छ ।

सामूहिक तस्बिरमा जीवित र मृतक दुवै बन्धकहरूलाई समावेश गरिएको देखिन्छ । सो तस्बिरसँगै “रोन अरद” भनेर क्याप्सन राखिएको थियो, जसले सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका पाइलटलाई संकेत गर्छ । यो संकेतको अर्थ, लामो समयदेखि बेपत्ता वा मारिएका बन्धकहरूको अवस्था दर्शाउने चेतावनीको रूपमा लिइएको छ ।

नेतन्याहूमाथि आरोप, समझौता अस्वीकार गरेको दाबी
कासम ब्रिगेडले विज्ञप्तिमार्फत इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धक मुक्तिसम्बन्धी प्रस्तावहरू अस्वीकार गरेको आरोप लगाएको छ । साथै, इजरायली सेनापति अयाल जामरले गाजामा तथाकथित ‘विजय योजना’ अघि बढाएको भन्दै आक्रोश व्यक्त गरिएको छ ।

इजरायलको दाबीः अझै २० जना बन्धक जीवित
इजरायली अधिकारीहरूले हालसम्म करिब २० जना बन्धकहरू गाजामै जीवित रहेको दाबी गरिरहेका छन् । तर, अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भने तीमध्ये “२० भन्दा कम मात्र” जीवित हुनसक्ने टिप्पणी गरेका छन् । प्रधानमन्त्री नेतन्याहूले भने बारम्बार सबै बन्धकहरूलाई सकुशल फर्काउने र हमासलाई पूर्ण रूपमा नष्ट गर्ने प्रतिबद्धता दोहोर्याउँदै आएका छन् ।

गाजामा भारी मानवीय क्षति
गाजा युद्ध सुरु भएदेखि हालसम्म ६५ हजारभन्दा बढी प्यालेस्टिनीहरू मारिएका र लाखौं घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हमासले भने इजरायली बमबारीकै कारण कैयौं बन्धकहरूको ज्यान गएको चेतावनी दिँदै आएको छ ।

यस तस्बिर सार्वजनिक घटनाले गाजा युद्ध अझ भयावह मोडमा प्रवेश गरेको संकेत दिएको छ । बन्धकहरूको सुरक्षाको विषयमा चासो बढ्दै गइरहेका बेला, युद्ध रोक्न अन्तर्राष्ट्रिय दवाव पनि तीव्र बन्दै गएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ४, शनिबार १४:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP