मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रुकुमपूर्वबाट समाजवादको नयाँ अभियान सुरु गर्ने प्रचण्डको घोषणा

1.1K
SHARES
रुकुमपूर्वबाट समाजवादको नयाँ अभियान सुरु गर्ने प्रचण्डको घोषणा

रुकुमपूर्व । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादतर्फको नयाँ राजनीतिक यात्रा रुकुमपूर्वबाट प्रारम्भ गर्ने संकल्प व्यक्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका संयोजक समेत रहेका उनले १० वर्षे सशस्त्र युद्ध सुरु भएको भूमिबाट शुभकामना सन्देश दिँदै नयाँ ऊर्जा र प्रेरणासहित अगाडि बढ्ने बताएका हुन् ।

२०५२ साल फागुन १ गते तत्कालीन नेकपा (माओवादी) ले आठबीसकोटस्थित प्रहरी चौकी, रोल्पाको होलरी प्रहरी चौकी, सिन्धुलीगढी प्रहरी चौकी तथा गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंकमा आक्रमण गर्दै सशस्त्र युद्ध सुरु गरेको थियो, जसलाई माओवादी पक्षले ‘जनयुद्ध’ नाम दिएको थियो ।

यस वर्षको ‘जनयुद्ध दिवस’ आफ्नो लागि विशेष रहेको उल्लेख गर्दै प्रचण्डले रुकुमपूर्व पुग्दा आफू भावुक र उत्साहित बनेको बताए । जनयुद्धकालीन उत्प्रेरणा र ऊर्जा पुनः जागृत गर्दै अबको यात्रा अघि बढाइने उनको भनाइ थियो ।

उनले जनयुद्धका क्रममा रुकुमेली जनताको भूमिका स्मरण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरिब, महिला तथा आदिवासी जनजातिको योगदान निर्णायक रहेको बताए । ती समुदायको बलिदानबिनाको समावेशी र समानुपातिक गणतन्त्र सम्भव नहुने उनको तर्क थियो ।

प्रचण्डले मुलुकको वर्तमान राजनीतिक अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै निर्धारित समयभन्दा अघि नै निर्वाचन हुनसक्ने परिस्थिति बनेको दाबी गरे । देश कठिन मोडमा रहेको भन्दै उनले इतिहासबाट शिक्षा लिँदै राष्ट्र र राष्ट्रियताको पक्षमा एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

समाजवादको नयाँ यात्रालाई संकल्पका रूपमा अघि सारिएको बताउँदै उनले जनयुद्धकालीन दृढता र प्रतिबद्धतासहित नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्ने अभियान सञ्चालन गरिने बताए ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १, शुक्रबार ०४:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP