मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

शर्मा, भुसाल र विप्लवबीच हरिसिद्धीमा भेटवार्ता

2.5K
SHARES
शर्मा, भुसाल र विप्लवबीच हरिसिद्धीमा भेटवार्ता

काठमाडौं । प्रगतिशील अभियानका नेता जनार्दन शर्मा, एकीकृत समाजवादीका पूर्व महासचिव घनश्याम भूसाल र कम्युनिस्ट पार्टी नेपाल (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच आज बिहान राजनीतिक भेटवार्ता भएको छ । शुक्रबार बिहान ललितपुरको हरिसिद्धीस्थित विप्लवको निवासमै पुगेर शर्मा र भूसालले छलफल गरेका हुन् ।

स्रतका अनुसार, भेटवार्तामा पछिल्लो वामपन्थी एकता प्रक्रियाप्रति असन्तुष्टि, देशको राजनीतिक दिशानिर्देशन, र वैकल्पिक वाम शक्ति निर्माणबारे विस्तृत कुराकानी भएको थियो । भेटमा तीन नेताले वाम आन्दोलनलाई नयाँ दिशातर्फ लैजाने सम्भावना र संयुक्त पहलका सम्भावित ढाँचा विषयमा पनि छलफल गरेको बताइन्छ ।

गत कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा (क्रान्तिकारी माओवादी) लगायत १० वाम घटकबीच ‘नेपाली कम्युनिस्ट पार्टी’ नाममा भएको एकता प्रक्रियाप्रति यी नेताहरू असन्तुष्ट रहेका छन् ।

शर्मा र भूसाल दुवैले उक्त एकतालाई ‘अवधारणात्मक र वैचारिक आधारविहीन’ भन्दै आलोचना गरेका थिए भने विप्लवले ‘नयाँ पार्टीको रूपभन्दा पनि पुरानै शक्ति सन्तुलनको निरन्तरता’ भनेर असन्तोष व्यक्त गरेका थिए ।

एमाले र नवगठित नेकपासँग असन्तुष्ट नेताहरूबीच छुट्टै वाम ध्रुव निर्माणको चर्चा चर्किँदै गएको बेला यो भेटवार्ताले नयाँ राजनीतिक संकेत दिएको छ ।
विश्लेषकहरू भन्छन्, यदि यी तीन नेताहरूबीच स्थायी सहमति बन्न सक्यो भने, यो वाम राजनीतिमा नयाँ शक्ति समीकरणको शुरुवात हुन सक्छ ।

भेटमा ठोस निष्कर्ष ननिस्किए पनि, आगामी दिनमा निरन्तर संवाद गर्ने र समान विचारधाराका वाम शक्तिहरूलाई एउटै साझा प्लेटफर्ममा ल्याउने सम्भावनाबारे छलफल भएको बुझिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २१, शुक्रबार ०५:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP