मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनसुन सक्रिय, आज पनि देशभर वर्षाको सम्भावना

286
SHARES
मनसुन सक्रिय, आज पनि देशभर वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश भूभागमा सामान्यतया बदली छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि सामान्य बदली रहेको छ भने ती प्रदेशका तराई क्षेत्रमा आंशिक बदली देखिएको छ । अहिले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ । कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै पहाडी क्षेत्रमा तथा कोशी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । सुदूरपश्चिमका तराईका थोरै स्थान र अन्य तराई क्षेत्रका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

दिउँसो कोशी, मधेस र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै बागमती र गण्डकीका हिमाली, पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

रातिको समयमा पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका केही स्थानमा समेत मध्यम वर्षा हुनसक्नेछ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २४, बुधबार ००:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP