मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभाको बैठक आज १ बजे, विभिन्न विधेयकमाथि छलफल हुने

2.9K
SHARES
प्रतिनिधिसभाको बैठक आज १ बजे, विभिन्न विधेयकमाथि छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ । बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने कार्यसूची तय गरिएको छ ।

बैठकको कार्यसूची
सभामुखले राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र सभामा पढेर सुनाउने छन् ।

प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको ‘जलस्रोत विधेयक’ टेबुल गर्ने छन् ।

विधेयकहरू प्रस्तुत हुने
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।

यसैगरी गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ मा राष्ट्रियसभाबाट गरिएका संशोधनबारे विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

समितिको बैठक पनि बस्दै
यससँगै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्नेछ । समितिमा आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०८२र८३ को वार्षिक कार्य योजनाको मस्यौदामाथि छलफल हुने कार्यक्रम तय गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १८, बुधबार ००:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP