मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

2.2K
SHARES
गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजीनामा दिएका छन् । जेनजी आन्दोलनको क्रममा भएको हिंसात्मक घटनापछि उनी चर्को आलोचनाको सामना गर्दै आएका थिए ।

गृहमन्त्री लेखकको राजीनामा राजनीतिक वृत्तमा अपेक्षित मानिएको थियो, विशेषतः सोमबार भएको प्रदर्शन नियन्त्रण गर्न नसकिएको भन्दै उनको नेतृत्वमा प्रश्न उठ्दै आएको थियो । आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भीषण झडप भएको थियो, जसमा अहिलेसम्म १९ जनाको ज्यान गइसकेको छ । दर्जनौँ घाइते भएका छन् भने कैयौँ प्रदर्शनकारी पक्राउ परेका छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार लेखकले राजीनामा पत्र बुझाउँदै घटनाको नैतिक जिम्मेवारी लिएको बताएका छन् । उनले सुरक्षाको मोर्चामा चुकिएको स्वीकार गर्दै जनताको ज्यान सुरक्षामा असफल भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।

यस घटनाले सरकारको नेतृत्वमाथि गम्भीर प्रश्न उठाएको छ । मानवअधिकार आयोग, राजनीतिक दलहरू तथा नागरिक समाजले समेत घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

अब नयाँ गृहमन्त्रीको नियुक्ति र आन्दोलनको भावी दिशा कस्तो हुने भन्ने चासो व्यापक रूपमा फैलिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २३, सोमबार १५:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP