मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री कार्की र सातै मुख्यमन्त्रीबीच आज बालुवाटारमा उच्चस्तरीय बैठक

2.4K
SHARES
प्रधानमन्त्री कार्की र सातै मुख्यमन्त्रीबीच आज बालुवाटारमा उच्चस्तरीय बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संघ–प्रदेश सम्बन्ध र सहकार्य सुदृढीकरणका विषयमा छलफल गर्न लागेकी छिन् । बैठक आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने तय गरिएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार सबै सात प्रदेशका मुख्यमन्त्रीहरूले बैठकमा सहभागिता जनाउने निश्चित भएको छ । “संघीय प्रणाली कार्यान्वयनको क्रममा देखिएका चुनौती र सहकार्यका नयाँ मार्गबारे छलफल हुनेछ,” रावलले बताए ।

उनका अनुसार प्रधानमन्त्री कार्कीले संघ र प्रदेशबीचको संवादलाई नियमित र संस्थागत बनाउन पहल थालेकी हुन् । बैठकमा संघीय सरकारका नीतिगत प्राथमिकता, प्रदेश सरकारहरूसँगको तालमेल, आगामी निर्वाचनको तयारी, शान्ति–सुरक्षाको अवस्था र सरकारको मितव्ययी नीति कार्यान्वयनजस्ता विषयमा केन्द्रित हुने जनाइएको छ ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका चेतनारायण आचार्य, कर्णाली प्रदेशका यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका कमलबहादुर शाह बैठकमा सहभागी हुनेछन् ।

बैठकबाट प्रदेश सरकारहरूलाई अझ सशक्त बनाउन र संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउने ठोस कार्ययोजना आउने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १६, आईतवार ०५:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP