मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमानः केही स्थानमा वर्षा, असिना र चट्याङको सम्भावना

585
SHARES
मौसम पूर्वानुमानः केही स्थानमा वर्षा, असिना र चट्याङको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभावका साथै पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्र सक्रिय रहेको छ । यसका कारण देशका विभिन्न भागमा मौसममा उल्लेखनीय परिवर्तन देखिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेस प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ ।

त्यस्तै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने सुदूरपश्चिमको तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै देशका पहाडी र हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।

महाशाखाले दिएको जानकारीअनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ । साथै देशका अन्य भागका एक–दुई स्थानमा पनि यस्तै प्रकारको मौसम गतिविधि देखिन सक्ने बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख १९, शनिबार ००:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP