मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

माओवादी केन्द्रको सातौँ पूर्ण बैठक सुरु, प्रचण्डद्वारा विशेष महाधिवेशनको प्रस्ताव

1.2K
SHARES
माओवादी केन्द्रको सातौँ पूर्ण बैठक सुरु, प्रचण्डद्वारा विशेष महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौँ पूर्ण बैठक बिहीबारदेखि काठमाडौंको प्रज्ञा भवन, कमलादीमा सुरु भएको छ ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा संगठनात्मक प्रस्ताव प्रस्तुत गरेका छन् । उनले अहिलेको केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशनमा जाने र आफ्नै नेतृत्वमा आयोजक समिति गठन गर्ने प्रस्ताव अघि सारेका हुन् ।

प्रचण्डले तोकिएको समयमा नै निर्वाचन हुनुपर्नेमा जोड दिँदै पार्टीको ध्यान निर्वाचन तयारीमा केन्द्रीत गर्नुपर्ने बताएका छन् ।

बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देश हालसम्मकै गम्भीर सङ्कटमा परेको उल्लेख गरे । उनले जिम्मेवारीबाट पन्छिने पक्षमा नभएको तर अध्यक्ष पदमा टाँस्सिरहन पनि नचाहेको स्पष्ट पारे । उनले भने, “जिम्मेवारीबाट पन्छिने पक्षमा म छैन, तर मलाई पदमै बसिरहनुपर्छ भन्ने पनि लाग्दैन । निश्चित विधि र प्रक्रियाबाट नयाँ नेतृत्वमा जानुपर्छ, कसैलाई टीको लगाएर होइन ।”

माओवादीका अनुसार प्रचण्डले प्रस्तुत गरेको राजनीतिक तथा संगठनात्मक प्रस्तावमाथि प्रदेशअनुसार प्रतिनिधि विभाजन गरी छलफल हुनेछ र त्यसबारे समूह नेताले बैठकमा प्रतिवेदन दिनेछन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ९, बिहीबार ०८:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP