मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ मन्त्रालयमा रंगरोगन सुरु, सिंहदरबारभित्र पुनःनिर्माणको काम तीव्र

2.1K
SHARES
अर्थ मन्त्रालयमा रंगरोगन सुरु, सिंहदरबारभित्र पुनःनिर्माणको काम तीव्र

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ । आन्दोलनका क्रममा तोडफोड र आगजनीले भौतिक संरचनामा व्यापक क्षति पुगेपछि अहिले मन्त्रालय परिसरमा सरसफाईदेखि रंगरोगनसम्मका कार्य तीव्र बनेका छन् ।

भदौ २३ र २४ गतेको आन्दोलनले सिंहदरबारभित्रका प्रमुख सरकारी निकायलाई ठूलो असर पुर्‍याएको थियो । अर्थ मन्त्रालय मात्र नभई गृह, ऊर्जा जलस्रोत तथा सिँचाइ, शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालयसहित थुप्रै कार्यालयमा तोडफोड, ढुंगामुढा र आगजनी भएका थिए । मूल्यवान कागजात तथा सामग्री पनि क्षतिग्रस्त भएका कारण सरकारी कामकाजमा अवरोध भएको थियो ।

हाल अवस्था सामान्य बन्दै गएसँगै सरकारको पहलमा सरसफाई, मर्मत–सम्भार र पुनःनिर्माण कार्य अगाडि बढाइएको छ । मन्त्रालय परिसरमा नयाँ रंगरोगनको काम भइरहेको छ भने ढलेका भित्तापत्र र भत्किएका ढोकाझ्यालहरू पनि क्रमशः मर्मत भइरहेका छन् ।

सिंहदरबारभित्रैका अन्य मन्त्रालय र कार्यालयमा पनि सफाइ र मर्मतको काम समानान्तर रूपमा अगाडि बढाइएको छ । सम्बन्धित निकायका अधिकारीहरूले तोडफोडले बिगारेका संरचना छोटो समयमै पुनःनिर्माण गरेर नियमित प्रशासनिक सेवा अवरोध नहुने व्यवस्था गर्ने तयारी भइरहेको बताएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २, बिहीबार ०४:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP