मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जसपा फेरि टुक्रियो: अशोक यादवको नेतृत्वमा ‘जलोपा’ गठन

3.4K
SHARES
जसपा फेरि टुक्रियो: अशोक यादवको नेतृत्वमा ‘जलोपा’ गठन

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल पुनः एक पटक विभाजनमा परेको छ । यसपटक पार्टीका पूर्व महासचिव उम्मेदवार तथा लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष अशोक यादव समूह अलग भएर जनता लोकतान्त्रिक पार्टी (जलोपा) नामक नयाँ दल दर्ता गरेका छन् । निर्वाचन आयोगमा दर्ता भएको नयाँ दलले चुनाव चिन्ह ‘भैँसी’ पाएको छ ।

अशोक यादव केही समयदेखि पार्टी नेतृत्वप्रति असन्तुष्ट थिए । उनी महाधिवेशनमा महासचिवका उम्मेदवार रहेका थिए तर दबाब र षड्यन्त्रको कारण आफूलाई प्रतिस्पर्धाबाट हटाइएको आरोप उनले लगाउँदै आएका थिए । यही असन्तुष्टि पछिल्लो विभाजनको प्रमुख कारण बनेको बताइन्छ ।

उनका अनुसार जलोपा आफ्नो अध्यक्षतामा दर्ता भएको हो भने पार्टीको संरक्षकमा जसपा नेपाल छाडेका अमरेशनारायण झा लाई राखिएको छ । २१ सदस्यीय नयाँ कार्यसमितिमा अधिकांश नेता जसपाबाटै आएका छन्, जसले यस विभाजनलाई ठूलो सांगठनिक क्षति मानिएको छ ।

जलोपामा समावेश प्रमुख सदस्यहरूमा बलराम प्रसाद यादव, राजनारायण चौधरी, भगतराम चौधरी, सुमित्रा चौधरी, निरंकार यादव, श्याम शेखर झाँ, सुरेन्द्र यादव, किशोर अधिकारी, माया बिष्ट, कल्पना शर्मा, दुर्गादेवी घिमिरे, राजेन्द्र शर्मा, अनु बिष्ट, मयाली चौधरी, सरोज चौधरी, शेख अर्शद, विष्णु नारायण यादव, काशिन्दर राम, श्यामबाबु चौधरी र रजनी शाक्य रहेका छन् ।

यसअघि पनि यादव नेतृत्वको पार्टीमा विभाजन भई अशोक राईको नेतृत्वमा जसपा बनेको थियो । फेरि भएको यो विभाजनले दलभित्रको आन्तरिक कलह झनै गहिरिएको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २८, शुक्रबार ००:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP