मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: देशभर आंशिकदेखि सामान्य बदली, वर्षा र हिमपातको सम्भावना

1.1K
SHARES
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: देशभर आंशिकदेखि सामान्य बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा अहिले पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको तल्लो वायुमण्डलीय न्यूनचापीय क्षेत्रको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस प्रणालीको प्रभावका कारण हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ भने तराईका धेरै स्थानमा आंशिक बदली देखिएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ । साथै केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ । तराईका केही स्थानमा पनि क्षणिक वर्षा हुन सक्ने जनाइएको छ ।

त्यस्तै, आज राति पनि पहाडी तथा हिमाली क्षेत्रमा बदलीको अवस्था कायम रहनेछ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मधेस प्रदेश तथा अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले वर्षा, चट्याङ र हिमपातका कारण दैनिक जनजीवन तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख २५, शुक्रबार ००:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP