मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ईश्वरीदेवी न्यौपाने सर्वसम्मत रूपमा राज्य व्यवस्था समितिको सभापति

2.4K
SHARES
ईश्वरीदेवी न्यौपाने सर्वसम्मत रूपमा राज्य व्यवस्था समितिको सभापति

काठमाडौं । नेपाली कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्विरोध चयन भएकी छिन् ।

मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । तर सो अवधिभित्र न्यौपानेकै मात्र नाम दर्ता भएपछि उनी सर्वसम्मत सभापति बन्ने निश्चित भएको हो । औपचारिक घोषणा भने बुधबार दिउँसो ३ बजे बस्ने समितिको बैठकमार्फत हुने प्रतिनिधि सभा सचिवालयले जनाएको छ ।

यसअघि समितिका तत्कालीन सभापति रामहरि खतिवडाले ‘कुलिङ पिरियड’ विवादका कारण पद छोडेका थिए । त्यसपछि रिक्त पदमा नयाँ सभापति चयन प्रक्रिया अघि बढाइएको हो । न्यौपानेको उम्मेदवारी दर्ता गर्दा प्रस्तावकमा रामहरि खतिवडा स्वयं रहेका थिए भने समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ थिए ।

न्यौपाने यसअघि संसदीय सुनुवाइ समितिको सभापतिमा कार्यरत थिइन् । तर कांग्रेसले उनलाई राज्य व्यवस्था समितिको सभापति बनाउने निर्णय गरेपछि उनले मंगलबारै सभामुखसमक्ष राजीनामा दिँदै सो पदमा उम्मेदवारी दिएकी थिइन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १०, मंगलवार ११:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP