मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समानुपातिक तर्फको मत मतगणना जारी, रास्वपा ५० लाख नजिक

1.3K
SHARES
समानुपातिक तर्फको मत मतगणना जारी, रास्वपा ५० लाख नजिक

काठमाडौं । समानुपातिक तर्फको मतगणना जारी छ । हालसम्म कुल एक करोड दुई लाख अन्ठाउन्न हजार ८४८ मतगणना भइसकेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ६ः३० बजेसम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी मत पाएको छ । उसले ४९ लाख ३२ हजार २७८ मत पाएको छ ।

नेपाली कांग्रेसले १६ लाख ६८ हजार ९७८ पाएर दोस्रो स्थानमा छ ।

यस्तै, नेकपा (एमाले) ले १३ लाख ८६ हजार ४३१, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ७ लाख ४९ हजार ३६६, श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ७९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २२ हजार ०८२ मत प्राप्त गरेको छ ।

त्यसैगरी, जनता समाजवादी पार्टी नेपालले एक लाख ६८ हजार ५३७, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६४ हजार ७३२ र जनमत पार्टीले ७५ हजार ३१५ मत प्राप्त गरेको छ ।

हालसम्म रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले थ्रेसहोल्ड कटाईसकेका छन् ।

प्रत्यक्ष तर्फका १६५ वटै क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । प्रत्यक्षतर्फ रास्वपाले १२५, नेपाली कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २६, मंगलवार ००:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP