मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अध्यक्षको जवाफपछि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिने

1.7K
SHARES
अध्यक्षको जवाफपछि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सोमबार सकिदै छ । पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा बस्ने बैठकमा स्थायी कमिटी सदस्यहरुले उठाएका प्रश्नको अध्यक्ष प्रचण्डले जवाफ दिएर समापन गर्ने तयारी गरिएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेबाट सुरू हुने बैठकबारे जानकारी दिँदै माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नी सापकोटाले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजको बैठकमा सदस्यहरूका प्रश्न तथा सुझावहरूमाथि जवाफ दिने बताए ।

शुक्रबार प्रारम्भ भएको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तावसहित एजेन्डा प्रस्तुत गरेका थिए । त्यसपछिका दिनहरूमा स्थायी कमिटी सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम शनिबारदेखि चलिरहेको थियो ।

आज अध्यक्षको जवाफपछि बैठक निष्कर्षमा पुग्ने र अन्त्य गरिने प्रवक्ता सापकोटाले जानकारी दिए । साथै, बैठकबाट आगामी केन्द्रीय कमिटीको बैठक कहिले बस्ने भन्ने मिति पनि तय गरिनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १९, सोमबार ०४:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP